Home अन्तर्वाता अभिनेता नवाजुद्दीन विनोद खन्नाको शैली पछ्याउँदै

अभिनेता नवाजुद्दीन विनोद खन्नाको शैली पछ्याउँदै

558
0
nchl
islington  below news photo
Tata box 1
nmb box ad 2
jagdamba cement

बलिउड फिल्म इन्डस्ट्रीमा छुट्टै स्थान बनाएका अभिनेता नवाजुद्दीन सिद्दिकीले ‘फिल्मफेयर ओटीटी अवार्ड’ जितेका छन्। हालै डिजिटल प्लेटफर्ममार्फत रिलिज भएको ‘सिरियस म्यान’ चलचित्रबाट उनले फिल्म फेयर अवार्ड जितेका हुन्। 

उनले सिरियस म्यानमा गरेको अभिनय ‘अन्तर्राष्ट्रिय एमी अवार्ड’ मा ‘उत्कृष्ट अभिनेता’ को मनोनयनमासमेत परेको थियो। यद्यपि, उनले ‘एमी अवार्ड’ जित्न सकेनन्।

invotech

अवार्ड नजिते पनि आफूलाई कुनै दुःख नलागेको उनले बताएका छन्।

अवार्ड नजिते पनि आफू विश्वकै ‘उत्कृष्ट अभिनेता’ को श्रेणीमा मनोनयन हुनु नै ठूलो उपलब्धि भएको भन्दै उनी सन्तुष्ट छन् ।

sanima
ncit
everyghar

मलाई अवार्डभन्दा पनि आफू राम्रो फिल्ममा जोडिने चाहना रहेको बताउने सिद्धिकी आफू यस्तै किसिमको फिल्ममा काम गर्दै जाने हो भने अवार्ड त ८–१० वर्षमा नै पाइहाल्ने बताए। त्यसैका लागि उनी राम्रो फिल्म गर्न चाहिरहेका छन्।

अझ उनी अन्तर्राष्ट्रिय दर्शकको भारतीय चलचित्रप्रति बढ्दो रुचीले थप खुसी छन्। यसैबीच, आफ्नो अन्तर्राष्ट्रिय प्रसिद्धिपछि नवाजुद्दिन आफूलाई ‘महँगो अभिनेता’ भएको बताउँछन्।

‘हो, म महँगो कलाकार हुँ । तर मलाई मन पर्ने चलचित्रहरूमा मैले निःशुल्क पनि काम गरेको छु, जस्तै ‘मन्टो’’, उनले भने, ‘यदि मलाई कुनै चलचित्र निर्माण हुनैपर्छ जस्तो लाग्यो भने म पारिश्रमिक घटाएर वा पारिश्रमिक नै नलिएर पनि काम गर्छु। बाँकी चलचित्रमा म आफ्नो शुल्क लिन्छु र थोरै पैसामा पनि राम्रो काम गर्न सकुँ भन्ने कुरामा पनि सन्तुलन राख्छु।’

नवाजुद्दीनले ‘ग्याङ्स अफ वासेपुर’, ‘मन्टो’, ‘फोटोग्राफ’, ‘सिरियस मेन’, ‘रात अकेली है’ जस्ता फिल्ममा अभिनय गरेका थिए।

यसबाहेक उनको अभिनय ‘किक’, ‘रईस’, ‘बजरंगी भाइजान’, ‘मुन्ना माइकल’ जस्ता व्यावसायिक फिल्ममा पनि हेर्न पाइन्छ।

उनी चाँडै टाइगर श्राफका साथ फिल्म ‘हीरोपन्ती २’ मा देखिँदैछन्, जहाँ उनले लोकप्रिय अभिनेता विनोद खन्नालाई सम्मान गरिरहेको दर्शकले हेर्न पाउनेछन् ।

‘मैले धेरै समय अगाडि विनोद खन्ना सा’बलाई एयरपोर्टमा देखेको थिएँ। त्यहीँ बेला मैले जिन्दगीमा यस्तो चरित्रको काम गर्ने मौका मिल्यो भने विनोद खन्नाकै शैलीलाई आफ्नो भूमिकामा ढाल्ने निर्णय लिएको थिएँ। जुन मौका अहिले पाएको छु’, उनले भारतीय मिडियासँग भनेका छन्।

उनले विनोद खन्नासँग एक टेलिफिल्ममा अभिनय गरे पनि त्यो टेलिफिल्म रिलिज हुन पाएन।

नवाजुद्दीनले आफ्नो अभिनय करियरमा कैयौं ठूला अभिनेताहरूसँग काम गरेका छन्, जसमा सुनील दत्त पनि छन्।

फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा सुनीलसँग उनको एक दृश्य थियो। ‘दृश्यको सुट सकिएपछि उहाँले मलाई कोकाकोला पिउन दिनुभएको थियो । त्यो कोकाकोलाको स्वाद पनि फरक थियो, किनकि सुनील दत्तले मलाई दिनुभएको थियो’, उनले भनेका छन्।

हरेक किसिमको भूमिका निभाउने नवाजुद्दिनको आउने सबै चलचित्रहरू रोमान्टिक विधाका छन् । आफूलाई यो फरक अवतारमा दर्शकसामू पेश हुन नवाजुद्दिन उत्साहित छन् । 

नवाजुद्दिनको सन् २०२२ मा आउन लागेका चलचित्रहरू ‘बोले चूडियाँ’, ‘जोगिरा सा रा रा’, ‘संगीन’, ‘टीकु वेड्स शेरु’ र ‘हिरोपन्ती २’ हुन्।प्रकाशित मिति: बुधबार, पुस ७, २०७८, ०७:१४:००2.6kShares

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

सिफारिसअर्थमन्त्री शर्माले अर्थतन्त्र बिगारे कि सुधारे?‘बिस्तारै बिस्तारै’ का गायक रोहित जोन क्षत्रीको थ्री बाई फोर जीवनलाभको पदमा पुगेका माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्न मागसिमराबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्योपर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेशसिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलानउच्च र जिल्ला अदालतको पेशी व्यवस्थापनमा गोलाप्रथा लागू गर्न नियमावली संशोधनबसपार्कमा सामूहिक बलात्कार : मुगुको एउटै गाउँका आठसहित ९ जना आरोपी सार्वजनिकमास्टरसेफ सन्ताेष साहको त्यो यादगार २४० मिनेटअर्थमन्त्री शर्माले अर्थतन्त्र बिगारे कि सुधारे?‘बिस्तारै बिस्तारै’ का गायक रोहित जोन क्षत्रीको थ्री बाई फोर जीवनलाभको पदमा पुगेका माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्न मागसिमराबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

agni inner
vianet Below Content Banner 2
classic teach banner 4
Previous articleसलमान खानलाई टोक्यो सर्पले
Next articleविवाह गर्दै इन्डियन आइडल-१२ की फाइनलिस्ट सायली काम्बले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here