Home अन्तर्वाता कपिल शर्मा शोमा पुगेर एनटिआर र रामचरणले के गरे?

कपिल शर्मा शोमा पुगेर एनटिआर र रामचरणले के गरे?

519
0

बलिउडमा फिल्म रिलिज हुनुअघि त्यसको प्रचारप्रसार गर्ने एउटा प्रमुख थलो बनेको छ, कपिल शर्मा शो। बलिउडका एक-से-एक सेलेब्रिटीहरू आफ्नो फिल्म लिएर सोनी च्यानलमा प्रसारण हुने कपिल शर्मा शोमा जाने गरेका छन्।

यही सिलसिलामा कपिल शर्मा शोको स्टेजमा पुगे, बहुप्रतीक्षित ‘आरआरआर’ का स्टारद्वय जुनियर एनटिआर र रामचरण। उनीहरूका साथमा थिए फिल्मका निर्देशक एसएस राजामौली र आलिया भट्ट।

आउँदो जनवरी ७ मा रिलिज हुने यो फिल्मको ‘नाचो नाचो’ गीत इन्टरनेटमा भाइरल छ। धेरैले यो गीतमा नाच्दै भिडिओ बनाएर टिकटकमा हालेका छन्।

यति भाइरल गीतमा नाच्ने दुई जना स्टार शोमा आएपछि सञ्चालक कपिल शर्माले उनीहरूलाई त्यसै कहाँ छाड्थे र!

एनटिआर र रामचरणले यो शोमा पनि ‘नाचो नाचो’ गीतमा आफ्नो खुट्टा नहल्लाई सुख पाएनन्। उनीहरूलाई यही शोका दुई जना कलाकार कृष्णा अभिषेक र किकु शारडाले साथ दिए। यी दुई जना कपिल शर्मा शोमा विभिन्न भूमिकामा देखिने गर्छन्। कृष्णा अभिषेकले आफ्नो इन्स्टाग्राममा शोको एउटा दृश्य सेयर गरेका छन् जसमा यी चार जना ‘नाचो नाचो’ गीतमा नाच्दै गरेका देखिन्छन्। आरआरआर फिल्मले पनि उक्त नृत्यको क्लिप सामाजिक सञ्जालमा सेयर गरेको छ।

कपिल शर्मा शोको यो संस्करण आउँदो सप्ताहन्त प्रसारण हुनेछ।

बाहुबलीका निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ ठूलो बजेटको फिल्म हो। यो ४५० करोड भारूमा निर्माण गरिएको कम्पनीले जनाएको छ। सबै किसिमका बिक्री अधिकारबाट अहिलेसम्म देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइ भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सिनेमासम्बन्धी वेबसाइट फिल्मीबिटका अनुसार सिनेमाको तेलंगना बिक्री अधिकार करिब २१५ करोड भारूमा बिक्री गरिएको छ बने केरलामा १५ करोड भारूमा बेचिसकिएको छ।

दुईवटा फरक समयको कथा प्रस्तुत गर्ने यो सिनेमामा रामचरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा छन्। उनीहरूसँगै आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी, रे स्टेभन्सन लगायतको अभिनय छ।

यो फिल्म सन् १९२० दशकमा अंग्रेज शासनविरूद्ध विद्रोह गर्ने अल्लुरी सीतारामा राजु र कोमाराम भीमको कथामा आधारित छ। रामचरणले सीतारामाको भूमिका गरेका छन् भने एनटिआर भीमको भूमिकामा देखिने छन्।

फिल्ममा एमएम किरावाणीले संगीत दिएका छन्। यसको ‘नाचो नाचो’ र ‘दोस्ती’ गीत सुपरहिट भइसकेका छन्।

Previous articleआमिर खानले गरे प्रेमिकासँग गुपचुप बिहे !
Next articleआलिया भट्टले आफ्नै फिल्म हेराउन भन्दा किन मानेनन् निर्देशक भन्सालीले?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here