नेपाली फिल्म कबड्डी ४ को ट्रेलर सार्वजनिक हुने भएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको ट्रेलर बुधबार ३ बजे सार्वजनिक गर्ने तयारी भइरहेको छ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरका साथमा बुद्दि तामाङ आदिको मुख्य भुमिका रहेको छ।
दर्शकहरुमा फिल्मको पात्र काजी अत्याधिक रुचाइएको छ। फिल्म जेठ १३ मा हलहरुमा प्रदर्शन हुनेछ।
फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ। यस भन्दा अघिका फिल्मका सिरिजमा दयाहाङ राईले निभाएको पात्रले युवतीको पिछा गरेको कथा थियो।