Home अन्तर्वाता सलमान खानलाई टोक्यो सर्पले

सलमान खानलाई टोक्यो सर्पले

678
0

फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले डसेको हो।

सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस पुगेका थिए।

उनलाई सर्पले डसेपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो। ६ घण्टा अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका छन्।

समाचार संस्था पिटिआइका अनुसार शनिबार राति खानको हातमा सर्पले टोकेको थियो। उनलाई टोक्ने सर्प विषालु नभएको अस्पतालले जनाएको छ। 

उनी अहिले फार्म हाउसमै फर्किसकेका छन्। 

गत वर्ष पनि सलमान खानले आफ्नो परिवारसँग फार्महाउस पानभेलमा जन्मदिन मनाएका थिए।

बिगबोस १५ को हालै आएको एपिसोडमा पनि उनले आरआरआरका कलाकारसँग केक काटेर जन्मदिन मनाएका थिए। 

Previous articleकट्रिना–विक्कीले गरे बिहे, हेर्नुहोस् तस्बिरहरू
Next articleअभिनेता नवाजुद्दीन विनोद खन्नाको शैली पछ्याउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here