फिल्म सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको एभरेष्ट फिल्म एकेडेमी तथा डेनिमको संयुक्त प्रस्तुति तथा रचना रिमालको स्वरमा बर्को बेरेर गित सार्वजनिक हुने भएको छ।
गायक महेश काफ्लेको शब्द तथा संगित रहेको गितको भिडिओमा दिया श्रेष्ठ, महेश काफ्ले तथा दिपक कोइरालाको अभिनय रहेको छ।
गीतको भिडिओ एभरेष्टका विद्यार्थीहरुले खिचेका हुन्। बिकास सिटौला यसका सिनेम्याटोग्राफर हुन् भने श्रीकृष्ण सिंहले उनलाई असिस्ट गरेकाछन्। डिरेक्टर अफ फोटोग्राफि गौरीशंकर धुजु श्रेष्ठको हो।
लामो समय देखि फिल्म अध्ययन तथा अध्यापन गराईरहेको एकेडेमीले यसअघि नै फिल्म शमशेर बनाउने घोषणा गरिसकेको छ।