भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार देखि प्रदर्शन भएको छ । प्रभास अभिनित साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको मुख्य भुमिका रहेको छ ।
भारतिय ६०० करोड बजेटमा बनेको यो फिल्म हिन्दी र तेलुगू भाषामा विश्वभर प्रदर्शन भइरहेको छ। फिल्मलाई नेपाली हलले उच्च शो दिएका छन् ।