डकुमेन्ट्री फिल्म ‘देवी’ले न्युजिल्याण्डमा अवार्ड जित्यो ।

सुविना श्रेष्ठ को निर्देशनमा बनेको डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डको डकएज फेस्टिभलमा ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको हो। 

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । 

यो डकुमेन्ट्री दक्षिण कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ । यसअघि क्यानडामा उत्कृष्ट डकुमेन्ट्री अवार्डमा छनोट भएर अडिएन्स अवार्ड जितेको छ । 

८० मिनेट लामो फिल्मले नेपालको दशक लामो सशष्त्र द्वन्द्वको क्रममा यौन हिंसा भोगेका महिलाको न्यायका लागि माओवादी नेतृ तथा पूर्वसांसद देवी खड्काले गरेको संघर्षको कथामा बनेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *