दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । पहिलो सातामै फिल्मले बक्स अफिसमा विश्वव्यापी ५५० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ ।
फिल्मले हिन्दीमा मात्रै पनि सय करोड माथि कमाइ गरेको छ । बिहीबार रिलिज भएको ‘कल्की २८९८ एडी’ ले यस वर्षकै सबैभन्दा बढी हिन्दी ओपनिङ फिल्म ‘फाइटर’ लाई चुनौती दिएको थियो ।
दोस्रो दिन ‘कल्की’ को नेट इन्डिया कलेक्सन कम भयो, तर हिन्दी भर्सन भने बढेर २३ करोड पुग्यो । ‘कल्की’ को हिन्दी भर्सनले चार दिनकै १०० करोडको आँकडा पार गरेको छ । यसले चार दिनमा ११० करोड कमाइ गर्यो ।
नाग अश्विनको निर्देशिमा बनेको यो साइन्स-फिक्सन फिल्ममा प्रभासका साथै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन, दिशा पाटानि, दुलकर सलमान लगायत कलाकारहरुको अभिनय रहेको छ।