गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’ को प्रदर्शन मिति सरेको छ । राजु गिरीको निर्देशन रहेको यो फिल्म भदौ १ गते प्रदर्शन नभएर साउन २५ गते प्रदर्शनमा आउने भएको छ ।
नारायण खातीको कथा अनि प्रस्तुति रहेको ‘नम्बरी सुन’ मा गौरव र नम्रताका साथै सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ।