मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘वर एण्ड बधु’ को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ । यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो ।
फिल्ममा आँचल शर्मा र नयाँ कलाकार विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ ।फिल्ममा आँचल सँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
तीजको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो भने अहिले फिल्मको पोष्ट प्रोडक्शनको काम हुँदैछ ।