फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँमा चौंथो सेड्युलको छायांकनका लागि दक्षिण भारतिय कलाकार सुनिल वर्मा र प्रदीप रावत नेपाल आएका छन् । सुनिल ब्लकबस्टर फिल्म “पुष्पा” मा भिलेन बनेका थिए भने प्रदीप गज्नी बाट निकै चर्चित भएका थिए ।
काठमाण्डौमा फिल्मको छायांकन चार दिनसम्म चल्नेछ। चन्द्र पन्तको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा नीता फिल्मस्को प्रस्तुति र कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन्।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा र संवाद रहेको यस फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरिरहेका छन्।
यस फिल्ममा नीता ढुङ्गाना र हरिहर अधिकारी सँगै प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम्, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय छ।