साउन ४ गते प्रदर्शन हुने भनिएको फिल्म “सतीदेवी” अब भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले केही प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरेको जानकारी दिएको छ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म सामाजिक कथामा आधारित छ । यसअघि फिल्मको पहिलो पोस्टरमा अभिनेत्री मलिका महतको क्यारेक्टर लुक्सले निकै चर्चा पाएको थियो।
फिल्ममा मालिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जनाअधिकारी, मनिशा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।