साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हुन् : निर शाह।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा भएको ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’को अन्तर्कियामा फिल्म साहित्यको महत्वपूर्ण विधा हो भन्ने मान्यतालाई नेपालमा स्थापित गर्न जरुरी रहेको फिल्मकर्मी र साहित्यकारहरुले बताएका छन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा रहेको बताए । ‘अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई हामीले बदल्नुपर्छ भने ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक, कलाकार सुवास गजुरेल, पत्रकार विजयरत्न तुलाधार, अभिनेत्री विमला केसीलगायतले पनि आफ्ना धारणा राखेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *