माइली” मा अभिनेत्री करिश्मा मानन्धर र भाइरल गायीका कमला घिमिरे अनुबन्धित ।

बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्म “माइली” मा अभिनेत्री करिश्मा मानन्धर र भाइरल गायीका कमला घिमिरे अनुबन्धित भएका छन् । निर्माणपक्षले करिश्मा र कमला संग केही दिन अगाडि संझौता गरेको निर्माण पक्षले जानकारी दिएका छन ।

रुना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा प्रमुख भूमिकामा प्रियंका कार्की फाइनल भइसकेकी छिन् । यो फिल्म सत्य घटनामा  निर्माण हुने लागेको हो । एक दलित महिलाले समाजबाट भोग्ने विभिन्न खालका भोगाइको कथामा यो फिल्म बन्नेछ ।

असार अन्तिमबाट छायांकनमा जान लागेको यो फिल्मलाई मकवानपुर, कुलेखानी, काठमाडौं र दुबईमा  खिचिने भएको छ । फिल्ममा शंकर अधिकारीको गीत, पटकथा तथा संवाद, राजेन्द्र बजगाईँको संगीत रहनेछ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *