‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।
डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ र आफ्नो परिचय सहित ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ । हिमालय टिभी एपमा पनि भिडियो पठाउन सकिने जनाइएको छ ।
इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । १६ बर्ष देखि ४० वर्ष उमेरका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।
छैटौं सिजनबारे विस्तृत खुलाइएको छैन । कुन कोचले निरन्तरता पाउनेछन् भन्ने पनि उल्लेख छैन ।