मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ७७ औं संस्करणमा छनोट भएको छ । फेस्टिभलको आधिकारिक वेबसाइटका अनुसार पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको हो ।
बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको यो फिल्म अर्को प्रतिष्ठित फेस्टिभलमा छानिएको हो । तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई आगामी सेप्टेम्बरमा नेपाली हलमा प्रदर्शनको तयारी रहेकाे छ । यो फिल्मको नेपाल वितरण एप्पल इन्टरटेनमेन्टले खरिद गरेको निर्माण पक्षले जनाएको छन् ।
‘कालोपोथी’ पछि भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् ।
ट्रेलर
