डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। रामजी ज्ञवालीको लेखन तथा निर्देशिनमा बनेको यस फिल्मले बेपत्ता बालबालिकाको खोजीकी विषय उठाएको अनुमान गर्न सकिन्छ।
फिल्ममा मुख्य कलाकार रश्मी भट्ट, सबिना राउत, नीलम भट्ट,ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, मनीष पी निरौला गायतका कलाकारको अभिनय छ। फिल्मको पोष्टर हेर्दा आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको कथालाई झल्को दिए पनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन।