प्रधानमन्त्री ओलीको शपथमा पुगे कलाकारहरु।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ समारोहमा ओलीलाई बधाई दिन राजनीतिज्ञ, व्यवसायीदेखि कलाकारहरुको उपस्थिति रह्यो ।

अभिनेता राजेश हमाल, निर्देशक दिनेश डीसी, गायिका इन्दिरा जोशी, गायक शिशिर योगी, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, गायिका कोमल ओली,प् सञ्जय गुप्ता र चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी पनि शपथ समारोहमा उपस्थित थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *