विपिन कार्की अभिनित फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति सरेको छ ।

विपिन कार्की अभिनित फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति सरेको  छ । भदौको २८ गतेबाट परदर्शन हुने भनिएको यो फिल्म अब मंसीर ७ मा प्रदर्शन हुने भएको छ । फिल्मको निर्माणपक्षले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति  घोषणा गरेका छन । 

फस्टलुकमा विपिन कार्कीको दोहोरो भूमिका हेर्न सकिन्छ । नायिका वर्षा राउत, बुद्धि तामाङ, पूजा चन्द, ऋचा शर्मालाई पनि पोष्टरमा देख्न सकिन्छ । वेल्डन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको यो फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत र अजय खड्काको सम्पादन छ रहेको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *