सेभेन सिजको प्रस्तुतिमा तयार भैरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ। पहिलो चरणको छायांकन ओखलढुंगामा गरिएको हो ।
जेठको २४ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । अब, बाँकी छायांकन काठमाडौंमा गरिने निर्माणपक्षको भनाई छ । दोस्रो सेड्यूल दशैँपछि मात्र सुरु हुने निर्माण पक्षले जनाएको छन्।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भइरहेको फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अन्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, वुद्दि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भी पौडेल, स्वायम् केसी लगायत कलाकारहरुको अभिनय रहेको छ ।