फिल्म ‘खुस्मा’ को पहिलो गीत सार्वजनिक ।

आउँदो असोज ३ गतेबाट परदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीकै संगीत र राव अविरल विष्टको शब्द रहेकाे छ । 

अशोक थापा मगरको निर्देशनमा तयार भएको यो फिल्म एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा धिरज र  उपासनाको सँगै माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, सुजता राई, अरुण मगर, राजु रेग्मी मगर लगायतका कलाकारको अभिनय रहेको छ।

सुस्मिता बुढाथोकी सह–निर्माता रहेको यो फिल्ममा अशोक थापा मगरको कथा तथा पटकथा,  दीपक श्रेष्ठको छायांकन र अशोक थापा मगरको सम्पादन  रहेको छ।

गीतको भिडियोमा धिरज मगर र उपासना सिंह ठकुरीबिचको प्रेमभाव हेर्न सकिन्छ । 

गीत यस्तो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *