“रेल्वे टु नोव्हेर” नाटक फेरि मञ्चन हुने भएको छ।

म्याड फेस्ट २०२४ मा मञ्चन भएको नाटक “रेल्वे टु नोव्हेर” अब मण्डला नाटकघरमा दस दिनसम्म नियमित मञ्चन हुने भएको छ। “रेल्वे टु नोव्हेर” नाटक हेर्न छुटाउनु भएका दर्शकहरूको लागि यो नाटकको मञ्चन १० दिन बढाइएको हो।

म्याड फेस्ट २०२४ र मण्डला थिएटरको संयुक्त सहकार्यमा निर्माण भएको यस नाटकमा संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको छ। मञ्चमा ८ जना कलाकारहरूको प्रस्तुति रहनेछ। नाटक सेमी अब्सर्ड अर्थात अर्ध असङ्गत विधिमा प्रस्तुत गरिएको हुनाले, यो नाटकले एउटा फरक स्वाद पस्कन सक्नेछ।

साउन ४ गतेदेखि १३ गते (सोमबार बाहेक) सम्म मञ्चन हुने यस नाटकमा उमेश सुनाम, भुवन लूहार भूपी, आर्जु खरेल, सिरपा मानन्धर, सुमित्रा पेहिम, आभाष भट्टराई, सागर खाती कामी, समिशन जिसी लगायत कलाकारहरूको अभिनय रहनेछ। नाटक हरेक दिन साँझ ४ बजे मञ्चन हुनेछ र शनिवारको दिन दिउँसो १२ बजे पनि मञ्चन हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *