‘गोर्खा वारियर’ अब कोरियन भाषामा प्रद्शन हुने ।

गएको  फागुन ११ गतेबाट परदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’ अब कोरियन भाषामा प्रद्शन हुने भएको छ । दक्षिण कोरियामा कोरियन भाषामा फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको निर्माणपक्षले बताएको छ ।

निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको यो फिल्मलाई कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले कोरियन भाषामा प्रदर्शन गर्न लागेको हो ।

सन् १९४९ मा मलायाको जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइलाई फिल्मको पर्दामा देखाइएको छ । यो फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर वाङ्देल, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *