नीति शाहले नयाँ फिल्म ‘मोहर’ साइन गरेकी छिन् । ओम प्रतिकले निर्देशन गर्न लागेको फिल्म नीतिले साइन गरेकी हुन् । वैशाखमा नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ रिलिज भएको थियो । फिल्म बक्स अफिसमा नचले पनि नीतिलाई भने फिल्मको कमी देखिँदैन।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा बन्न लागेको यस फिल्ममा ओम प्रतिककै लेखन रहेकाे छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् ।
नीतिले केही समय अगाडि फिल्म ‘ज्वाइँ साब’ को छायांकन सकाएकी छिन् । नीतिको लाइन अपमा सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘रुखान’ सँगै अरु केही अनटाइटलड फिल्महरू पनि रहेका छन ।