विपिन कार्की अभिनित फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ। चितवनमा सेट लगाएर फिल्मको छायांकन गरिएको हो । फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि उपस्थित थिइन् ।
यो फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । १२ बर्षपछि शंकरले फिल्म निर्देशनमा कमब्याक गरेका हुन् । फिल्ममा विपिन कार्की दोहोरो भूमिकामा देखिदै छन्।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यस फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ।
प्रिन्स युवराज कार्की र श्रृती दाहाल कार्यकारी निर्माता रहेको यस फिल्ममा सुशन प्रजापतिको छायांकन,अजय खड्काको सम्पादन र आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत रहेको छ।
फिल्मको प्रदर्शन मंसिर ७ लाई तोकिएको छ । यो फिल्ममा विपिन सँगै वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र वुद्दि तामाङको मुख्य भूमिका छ ।