रमाइलो इन्टरटेन्मेन्टको ब्यारमानरमा तयार भएको डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को टीजर सार्वजनिक भएको छ। रामजी ज्ञवालीको लेखन तथा निर्देशिनमा बनेको यस फिल्मले वृद्ध आमाबुवालाई आश्रम पठाउने प्रचलनको विषयलाई उठान गरेको छ।
फिल्ममा रश्मी भट्ट, सबिना राउत, नीलम भट्ट, ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, मनीष पी निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यस फिल्म को सह निर्देशन दिनेश बहादुर राउतले गरेका हुन् ।
यस फिल्मको छायांकान निरज कँडेलले गरेका हुन् भने नकुल खड्काको सम्पादन ,राजेन्द्र मोक्तानको कलर अनि भरत कँडेलको साउन्ड डिजाइन रहेको छ। फिल्मको टीजर हेर्दा आफ्ना हराएका आमाबुवा लाई छोराहरुले खोजी रहेको कथालाई झल्को दिएको छ।