‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेत अनुवन्धित ।

साउन २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेत अनुवन्धित भएका छन्। यसअघि यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन्।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा चर्चित लेखक बुद्धि सागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् । 

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने भएका छन् । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै बर्ष प्रदर्शन गर्ने तयारी रहेको निर्माणपक्षले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *