कलाकार हरिवंश आचार्यले आफ्नो सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सामान्य रहेको शुभचिन्तकहरुलाई जानकारी दिएका छन् । नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भइसकेको उनले बताएका छन्।
हरिवंश भोलि मंगलबार डिस्चार्ज हुने छोरा मोहितले जानकारी दिए । अहिले अस्पतालमा पत्नी रमिलाले हरिवंशको रेखदेख गरिरहेकी छिन्।
हिमगिरी प्रालि उद्योगको व्ब्रान्ड अम्बस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसहित हरिवंश विराटनगर पुगेका थिए । नाकबाट अचानक रगत आएपछि उनको सामान्य शल्यक्रिया पनि गरिएको थियो ।