दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा वर्ल्ड प्रिमियर हुने भएको छ । पुलिस थ्रिलर जनरामा बनेको यो फिल्म नेपाल पुलिसकी एउटी इन्स्पेक्टरको कथामा बनेको छ यो फिल्म ।
फिल्मको नेपाली र अंग्रेजी नाम परिवर्तन गरिएको छ । यसअघि नेपालीमा ‘राजागञ्ज’ र अंग्रेजीमा ‘स्काइ इज माइन’ राखिएको थियो । निर्देशक रौनियारले फिल्मको नाम पनि परिवर्तन गरिएको बताए ।
फिल्ममा दयाहाङ राई, आशा मगराती, निकिता चाण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरूङ, निरज श्रेष्ठ र पशुपती राई लगायत कलाकारहरुको अभिनय रहेको छ। फिल्मको नेपाल प्रदर्शन मिति भने चाँडै घोषणा गरिने जनाइएको छ ।