प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतलाई २२ जना बालबालिकाले एकसाथ गाएका छन् । ‘चोली तुनामा’ बोलको गीत पनि डिपी खनालले लेखेका हुन् भने संगीत पनि शंकर थापा स्माइलको छ ।
बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दिपिका थापा, सुमनसागर जंग केसी, बालकलाकार सम्राट थापा र आदित्य कार्की मुख्य भूमिका रहेको छ।
फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । बाँकी छायांकन केही दिनमै गरिने निर्माण पक्षले जानकारी दिएका छन्।