वर्षा राउतले अब नाटकमा डेब्यू गर्ने भएकी छिन् । विमल सुवेदीको निर्देशनमा मञ्चन हुन लागेको ‘हिटलर आउँदैछ’ नाटक बाट उनले डेब्यू गर्न लागेकी हुन् ।
अमेरिकाको ओहायो राज्यमा रहेको एक्रोन सिभिक थिएटरमा यो नाटक मञ्चन हुनेछ । वर्षाका अनुसार, नाटकको प्रिमियर भदौको २३ गते हुनेछ ।
यो नाटकले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निस्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक र पहिचानको संकटलाई प्रस्तुत गर्ने निर्देशक विमल सुवेदीको भनाई छ ।
नाटकको वर्कशपका लागि वर्षा अहिले अमेरिकामा छिन् ।