अभिनेता राजेश हमाल फिल्ममा फर्किने लगभग निश्चितभएको छ । दिवाकर भट्टराईले निर्देशन गर्ने एक्सन-थ्रिलरमा राजेश हमालले अभिनय गर्ने जानकारी आएको छ।
निर्माण पक्षका अनुसार हमाल संग मौखिक सहमति भएको छ । राजेश हमालले लिखित सहमति गरेपछि अन्य कास्टिङ गर्ने तयारी रहेको छ ।
नाम तय नभैसकेको यस फिल्ममा राजेश हमालको मुख्य भुमिका रहने छ। दिवाकर भट्टर्राईले पछिल्लोटक पल शाह संग ‘मायावी’ फिल्म निर्देशन गरेका छन् जुन प्रदर्शन हुन बाकी छ।
राजुबिक्रम थापाको छायांकन रहने यो फिल्म काठमाण्डौ उपत्य र उपत्यकाबाहिर पनि छायांकन गरिने छ।