‘जोकर : फोली अ डु’ ट्रेलर सार्वजनिक।

पाँच वर्षअघि ‘जोकर’ फिल्मले विश्वभर बक्स अफिसमा तहल्का मच्चाएको थियो। अब यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘जोकर’ को दोस्रो भाग ‘जोकर : फोली अ डु’  ट्रेलर सार्वजनिक भएको छ । 

 आर्थरको भूमिकामा जोकिन फिनिक्स र चर्चित गायिका लेडी गागाले हार्ले क्वीनको रोलमा देखिएका छन्।  ट्रेलरमा जेल सजाय पाएर ‘जोकर’ जेलमा परेपछि उसका फ्यान मर्न तयार रहेको देखाइएको छ।

टड फिलिप्सको निर्देशिनमा बनेको यो फिल्म अक्टोबर ४ मा प्रदर्शन हुँदैछ भने यो फिल्मको विश्व प्रिमियर यस वर्षको विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा हुँदैछ ।

ट्रेलर यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *