EFA Admission Open

सोचेको काम गर्न नसकेको स्वीकार्दै विकास बोर्डबाट बिदा भए भुवन केसी।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारप्रति गुनासो पोखेका छन् । नेपाली फिल्मको विकासमा  सरकारको योगदान शून्य रहेको कार्यकाल सकिएको बिदाई कार्यक्रममा बताए ।

आफूमाथि धेरै आशा र अपेक्षा राखिएको भन्दै उनले आफूमाथिको अपेक्षा स्वभाविक रहेको बताए । ‘मैले कला क्षेत्रको दुःख-मर्का बुझेको छु । यहाँ आएर थाहा भयो, चलचित्र क्षेत्रमा थोरै मात्र अधिकार हुन्छन्।

काम गर्दा सोचेको जस्तो हुन नसकेको उनले स्वीकारे । बोर्डका सदस्य-सचिव राजेशकुमार थापा लगायतले केसीलाई बिदाइ गरे । 

केसीले आफ्नो दुई बर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन, दोलखा फिल्म सिटीको अवधारणा अघि सार्ने, स्टोरी बैंक मार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन , फिल्मीकर्मीहरु लाई सम्मान, चलचित्रकर्मी कल्याणकोष संचालन अघि बढाउने, चलचित्रकर्मीहरुको छायांकन अवधिको दुर्घटना बीमा कार्यक्रम जस्ता कामहरुलाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *