सौरभ चौधरीकाे नयाँ फिल्म ‘कर्मा’ को निर्माण घोषणा ।

निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘कर्मा’ को निर्माण घोषणा गरेका छन् । फिल्मलाई एक्सन, एड्भेन्चर जनरामा बनाउने तयारी रहेको निर्माण पक्षले जनाएका छन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने यस फिल्मका निर्माता बसन्त लम्साल हुन ।

सौरभले फिल्म ‘अगस्त्य’ बाट चर्चा र  राम्रो प्रशंसा पाएपछि उनलाई फिल्म निर्देशनको राम्रो अफर आइरहेको देखिन्छ । सौरभले फिल्म ‘शुक्र र शनि, युनिभर्सिटी अफ गुन्डाज’ को पनि निर्देशन गर्ने तयारीमा छन् ।

‘अगस्त्य’ को दोस्रो सिक्वेल २०२६ मा रिलिज गर्ने घोषणा भइसकेको छ । सौरभ भने हाल फिल्म ‘कर्मा’ निर्देशनको तयारीमा छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *