‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो चरणको छायांकन भक्तपुरमा सुरु ।

पहिलो चरणको छायांकन ओखलढुंगामा सकेपछि  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो चरणको छायांकन भक्तपुरमा सुरु भएको छ । सोसल ड्रामा जनरामा निर्माण भइरहेको यो फिल्मले गन्धर्व परिवारको कथालाई प्रस्तुत गरिएको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाँई र हरि श्रेष्ठ हुन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा नयाँ कलाकार अलिशा बास्तोलाको पनि प्रवेश भएको छ ।

फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अन्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, वुद्दि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

सरोज पौडेलको निर्देशन रहेको यस फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।  फिल्मलाई आउँदो बर्ष मात्र प्रदर्शनमा ल्याउने योजना निर्माणपक्षकोरहेको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *