मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ को नेपाल प्रदर्शन मिति तय भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो फिल्म भदौ २८ गते प्रदर्शन हुने बताइएको छ।
लामो समयदेखि विदेशी फिल्मको वितरणमा सक्रिय एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले “ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा बनेको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशब्यापी प्रदर्शन गर्न लागेको बताए ।
बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियरपछि यो फिल्म अगस्ट पहिलो साता स्वीटजरल्याण्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ । नेपाली र तिब्बती भाषामा प्रदर्शन हुने यो फिल्म नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा पनि प्रदर्शन हुनेछ ।
नेपाली १४ करोड बजेट रहेको यो फिल्म अहिलेसम्मकै महंगो नेपाली फिल्म भएको जानकारी आएको छ। यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको हो। फिल्मलाई अन्तरास्ट्रिय फिल्म प्ल्याटफर्म नेटफ्ल्क्सिमा पनि प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएका छन्।
‘कालोपोथी’ पछि भामको यो दोस्रो निर्देशकीय फिचर फिल्म हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् ।