फिल्म ‘लाइफ ड्यामेज’ को निर्माण घोषणा गरिएको छ । कन्टेन्ट क्रिएटरको रुपमा परिचित निमेष श्रेष्ठले यसलाई निर्देशन गर्दैछन् । यो फिल्म ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बन्ने निर्माण पक्षले जनाएका छन्।
निर्देशक निमेष श्रेष्ठ आफै सुरक्षा पन्त संग प्रमूख भूमिकामा अभिनय गर्ने भएका छन्। शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा सुरक्षा र निमेशसहित फिल्मका प्रमुख कलाकार र प्राविधिक टोली उपस्थित थिए ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिषजंग थापा, अजय पन्त, निरू खड्का लगायतक कलाकारहरुको अभिनय रहने छ ।
प्रवीण खड्काको छायांकन, नीमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, आयुष महर्जनको आर्ट निर्देशन रहने यस फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी रहेको छ ।