र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो सिजनको प्रशारण सुरु भएको छ । बिहिबार कान्तिपुर टेलिभिजनमा शोको प्रिमियर गरिएको थियो । प्रिमियरमा कार्यक्रमका निर्णायक र मेन्टरहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
आयोजकका अनुसार पाँच हजार भन्दा बढि प्रतियोगीहरुले डिजिटल अडिसन दिएका थिए। जसमध्ये, ५ सय उत्कृष्ट छनोट गरी फिजिकल अडिसनमा छानिएका हुन।
दामी मिडियाको प्रस्तुतिमा बनेको यो शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माता रोशन कुमार श्रेष्ठ हुन् ।
कार्यक्रममा निर्णायकको रुपमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।