दीपेन्द्र खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा कलाकार जोडिने क्रम चलिरहेको छ। केही साता अगाडि खगेन्द्र सँगै निश्चल बस्नेत जोडिएका थिए । अब भने यस फिल्ममा अर्का अभिनेता आर्यन सिग्देल पनि जोडिएका छन्।
आर्यन जोडिए सँगै फिल्मका ३ प्रमुख कलाकारहरु फाइनल भईसकेको निर्माण पक्षले जानकारी दिएका छन्। फिल्ममा ३ जना अभिनेताको भूमिकाबारे भने अझै खुलाइएको छैन । फिल्ममा २ मुख्य अभिनेत्रीहरू भने अझै फाइनल नभएको निर्माण पक्षले जानकारी दिएका छन्।
बुद्धि सागरको कथा लेखन रहेको यस फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी रहने छ। ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रि यशनको व्यानरमा यो फिल्म बन्न लागेको हो । फिल्मको छायांकन भने साउन २५ गते बाट सुरु हुने भएको छ । फिल्मलाई यही वर्ष प्रदर्शन गर्ने तयारी पनि रहेको छ ।