पल र बेनिशाको नयाँ फिल्म ‘कल्ली’ को निर्माण घोषणा ।

पल शाह र बेनिशा हमालको नयाँ फिल्म ‘कल्ली’ को निर्माण घोषणा गरिएको छ। किरण नेपालको प्रस्तुती रहनको यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने छ। लक्ष्मणले यस अघि ‘बुलाकी’ निर्देशन गरेका हुन् र राम्रो चर्चा पनि पाएका थिए ।

रेड बर्ड र कस्तुरी प्रोडक्शनको व्यानरमा निर्माण हुने यस फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ भने सुरज आचार्य प्रमुख निर्माता हुन् । तीन ओटा सार्वजनिक पोष्टरमा पल र बेनिशालाई फरक अवतारमा देख्न सकिन्छ।

पौराणिक कथामा आधारित यो फिल्ममा पल र बेनिशा पहिलो पटक एकसाथ फिल्ममा काम गर्दैछन्। फिल्मलाई चैत्रको २९ गते नयाँ वर्षको छेउतिर प्रदर्शनमा ल्याउने पनि घोषणा गरेका छन्।

 तिहारपछि छायांकन गरिने यो फिल्म कर्णाली प्रदेशका विभिन्न ठाउँहरुमा खिचिने निर्माण पक्षले जानकारी दिएका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *