अनमोल केसी अभिनित फिल्म ‘जेरीः अन टप’ को टिम भारतको लद्दाख पुगेको छ । फिल्मका निर्देशक सुयोग गुरुङ, निर्माता सरोज न्यौपाने र अनमोल केसी लद्दाख पुगेका हुन् ।
शुक्रबार बेलुकी लद्दाख उडेका थिए। निर्माण पक्षका अनुसार फिल्म लद्दाखमा पनि छायांकन हुने जानकारी दिएका छन् । फिल्ममा अनमोल केसीका अलावा आँचल शर्मा र जसिता गुरुङको पनि मुख्य भूमिका रहने छ ।
फिल्मलाई फागुन २ गतेबाट प्रदर्शन गर्ने घोषणा समेत निर्माणपक्षले गरिसकेको छ ।