चलचित्र विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।

चलचित्र विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आज मिति साउन १६ गते देखि सुर भएको आवेदन  १५ दिनभित्र बुझाउनु पर्ने छ ।

अध्यक्ष पदका लागि ३० देखि ६५ वर्ष सम्मको उमेर हुनुपर्नेछ भने योग्यता कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर १० वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर १० वर्ष काम गरेको हुनुपर्नेछ।

२०७९ साल साउन ११ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भुवन केसीको कार्यकाल यही साउन ८ गते सकिएपछि बोर्ड अध्यक्षविहीन छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *