‘अग्नीदहन’ को पोस्टर सहित प्रदर्शन मिति घोषणा ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’ मा आधारित फिल्म ‘अग्नीदहन’ को पोस्टर सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट फस्टलुक सार्वजनिक गरिएको हो।

निर्देशक घनश्याम लामिछानेले फिल्मलाई थ्रिलर र सस्पेन्स जनरामा डरलाग्दो विषय उठाएको जानकारी दिएका छन् । फिल्मलाई मंसीर ७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेका छन् ।

लोकमणि पौडेलको कथा, पटकथा र संवाद लेखन रहेकाे छ भने कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छयाङकन, दीर्घ खड्काको सम्पादन रहेको छ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *