‘पिताम्बर’ को वर्कशपमा देखिए सौगात र प्रदीप ।

कृषा चौलागांईको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पिताम्बर’ को भदौबाट दोस्रो चरणको छायांकन सुरु हुने भएको छ । पहिलो चरणको छायांकन भने गएको वर्ष फागुनमा भईसकेको छ ।

दोस्रो चरणको छायांकनका लागी अहिले कान्तिपुर फिल्म एकेडमीमा वर्कशप भइरहेको निर्माण पक्षले जानकारी दिएका छन्। केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा बन्न लागेको यस फिल्ममा विशाल चौलागाईंको लगानी रहेको छ भने प्रदीप भारद्वाजको लेखन रहेकाे छ। 

पुरुषोत्तम प्रधानको छायांकन रहेको यस फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारी लगायत कलाकारहरुको मुख्य भूमिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *