पल शाहको ‘रावायण’ को टिजर सार्वजनिक ।

पल शाह अभिनित फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ। पल लाई पहिलो पटक एङ्गरी अवतारमा देख्न सकिन्छ। फिल्ममा पूजा शर्माको अभिनय संग उनको लगानी पनि रहको छ।

सुदर्शन थापाको निर्देशन/कथा रहेको यस फिल्ममा सशान पाठक कार्यकारी निर्माताको रूप छन् । फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने श्रीवास्तवभाको पटकथा रहेको छ।

सौरभ लामाको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन र समीर मियाको भिएफएक्स रहेको छ।

भदौको २१ गते प्रदर्शनमा आउने यस फिल्ममा पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह लगायत कलाकारहरुको अभिनय रहेको छ। 

टिजर यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *