दयाहाङ राइ अभिनित फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । साउनको १५ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गर्दै फिल्मको छायांकन सुरु भएको हो।
थुप्रै छोटा फिल्मको निर्देशन गरेका यम शेर्पाको यो डेब्यू निर्देशकिय फिल्म हो । फिल्ममा दयाहाङ राई सँगै श्रृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्दि तामाङ, छिरिङ शेर्पा, सरिता गिरी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
गोविन्द बोहरा सह–निर्माता रहेको यस फिल्ममा आङछिरिङ शेर्पा कार्यकारी निर्माता हुन् भने विरेन्द्र शाही लाइन प्रोड्यूस हुन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने यस फिल्मका निर्माता पनि प्रधान आफै हुन ।