विक्की महर्जनको पहिलो निर्देशकिय फिल्म ‘आउट ल : दफा २१९’ को गत साता टिजर सार्वजनिक गरिएको थियो । देश विदेशबाट फिल्मको राम्रो प्रतिकृया आएपछि अहिले यस फील्मको विदेश प्रदर्शनका लागि पनि राम्रो माग बढेको देखिन्छ ।
असाेज ३ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका निर्माताले युएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईं संग फिल्मको जापान प्रदर्शनको अधिकार बिक्री गरेका छन् । फिल्मको मेकिङ र सुशिल श्रेष्ठको एक्सन अवतारको राम्रो चर्चा भइरहेको यस फिल्मका निर्माता अमित अग्रहरी हुन ।
सुशीलको कमब्याक पनि रहेको यस फिल्ममा उनका अलावा नरेश पौडेल, शिक्षा संग्रौला, विशाल पहारी, सुमन भण्डारी, आयान परियार, हेम गुरुङ, सुवास बम्जन, सोनी लगुन लगायत कलाकारहरुको अभिनय रहेको छ।
नवीन गुरुङको छायांकन रहेको यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत र सह निर्माता विकाश चौधरी हुन । फिल्ममा शाहिल खानको सम्पादन रहेको छ भने चुल्ठे काजिले द्वन्द निर्देशन गरेका छन्।