विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ। विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यो फिल्म दशैंमा प्रदर्शन हुनेछ ।
महेश पौडेलको छायांकन रहेको यस फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
विराजका अलावा फिल्ममा उनका छोरा समीर भट्ट, दिया मास्के, सनिसा भट्टराई, नरेन खड्का, मुरलीधर, कनिज कोइराला, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राणा, न्यान्सी खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ।