आँचल शर्मा अभिनित फिल्म ‘बर एण्ड बधु’ को दोस्रो ‘ईतीहासमा चर्चा चल्छ’ बोलको गीत सार्वजनिक भएको छ। यो फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा आँचल शर्मा, गरिमा शर्मा, विजय लामा, विवेक कर्माचार्य, किरण केसी, रवीन्द्र खड्का लगायत कलाकारहरुलाई देख्न सकिन्छ।
मिलन चाम्सको निर्देशनमा बनेको यस फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन भने फिल्ममा जानु थापाको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता अमृत रिजाल हुन ।
फिल्ममा आँचल शर्मा, विजय लामा, विवेक कर्माचार्य, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुशुम शर्मा, हिमेश पन्त, विजु पर्की, दिनेश काफ्ले, यमन श्रेष्ठ, रवीन्द्र खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ।
सुदीप बरालले खिचेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी रहेको छ ।